
५ असाेज, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत पाँच किलोमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार साेमबार दिउँसो इच्छाकामना गाँउपालिका-६ स्थित पाँचकिलोमा ग.५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गोरखाको शहिदलखन गाउँपालिका-५ बस्ने ४५ वर्षीय सुनबहादुर थापाको मृत्यु भएको हो ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय करण आले मगर गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4