
६ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा ५५ लाख ६२ हजार ६६४ कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा ७५ हजार ८३ नयाँ संक्रमित फेला परेका हुन् ।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ८८ हजार ९३५ पुगेको छ । पछिल्लो २४ घण्टामा यो महामारीको कारण एक हजार ५३ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा ४४ लाख ९७ हजार ८६८ संक्रमित निको भइसकेका छन् ।
अमेरिकापछि भारत विश्वमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएको मुलुक हो । अमेरिकामा अहिलेसम्म ६८ लाख ५६ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा कोरोना भाइरसका कारण अमेरिकामा करिब दुई लाख मानिसको मृत्यु भइसकेको छ भने दोस्रो स्थानमा रहेको ब्राजिलमा एक लाख ३७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4