
६ असोज, काठमाडौं । सरकारले दोहा, कुवेत र रियादमा पनि नियमित उडान गर्ने भएको छ । यसअघि सरकारले पीसीआर जाँच सहज नभएको भन्द्यै कतार, कुवेत र साउदीमा नियमित उडान खोलेको थिए ।
अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडी मुलुकहरुमा पनि नियमित उडान खोल्ने जानकारी दिएको छ ।
यसअघि सेप्टेम्बरका लागि मात्र उडान तालिका सार्वजनिक भइ अहिले उडान भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुरअधिकारीका अनुसार सेप्टेम्बरको तुलनामा उडान सख्या थप गरिएको छ ।
International flight schedule for October 2020 published by CAAN with added number of flight and destination. Doha, Kuwait, Riyad included in scheduled flight.
— Kedar B Adhikari (@KedarBAdhikari) September 22, 2020
यसबाहेक यसअघि चार्टर्ड उडान मात्र भएका तीन गन्तब्यमा अब नियमित उडान नै हुने भएको छ । अहिले भइरहेका गन्तब्यमा नियमित उडान जारी रहनेछ ।
१ अक्टोवर (१५ असोज)बाट लागू हुने गरी तय भएको तालिका अनुसार २५ दिनका लागि सातामा कुल औसत १ सय ९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।
दैनिक १३ देखि १५ उडानले अक्टोवरका लागि अनुमति दिइएको छ । थप भएको उडान तालीका अनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारो र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडानको अनुमति पाएका छन् ।
कुवेतका लागि जजिरा एयरवेजले अनुमति पाएको छ । रियादबाट भने हिमालय एयरलाइन्सले नियमित उडानबाट यात्रु ल्याउने छ ।
यस्तो छ तालिका
प्रतिक्रिया 4