Comments Add Comment

महंगा आकाश

नायक आकाश श्रेष्ठले चलचित्र ‘रामकहानी’पछि काम गरेका सबै चलचित्रमा नायिका पूजा शर्माको अभिनय छ । चलचित्रमा पूजा शर्मा नभएसम्म आकाशले काम नै गर्दैनन् कि भन्ने चर्चा पनि हुने गर्दछ । तर, आफूहरुलाई दर्शकले मन पराएका कारण निर्माताले पनि एकसाथ अफर गर्ने गरेको तर्क पूजा र आकाशले दिदै आएका छन् ।

सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको चलचित्र ‘हिड्दा हिड्दै’मा नायक आकाश श्रेष्ठले नव–नायिका रेखा शाहसँग काम गर्दैछन् ।

यो पनि पढ्नुहोस आकाश, सलोन र रेखाको ‘हिड्दा हिड्दै’ घोषणा

आकाशले पूजाविना काम गरेका ‘म त तिम्रै हुँ, ब्ल्याक, ड्रिम गर्ल’ लगायतका चलचित्र बक्स अफिसमा चलेनन् । यसैले, यो चलचित्रलाई बोक्नुपर्ने जिम्मेवारी आकाशको काँधमा छ ।

यो चलचित्रका लागि नायक आकाश श्रेष्ठले महंगो पारिश्रमिक लिएको वुझिएको छ । पछिल्लो समयमा आकाशको चर्चा सामाजिक संजालमा खुबै हुने गर्दछ । उनको फ्यान क्रेज पनि गज्जबको देखिन्छ । यही लोकप्रियतालाई देखेर नै यसको निर्माणपक्षले आकाशमाथि महंगो रकम लगानी गरेको वुझ्न सकिन्छ ।

आकाशले पनि आफूलाई कथा मन परेको बताउँदै मिहिनेत गरेर काम गर्ने बताएका छन् । नेपाली चलचित्रका केही नायकहरुले महंगो पारिश्रमिक लिने गरेका छन् । यो भीडमा नायक आकाश पनि मिसिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment