Comments Add Comment

काराबाओ कप : म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा प्रवेश

७ असोज, काठमाडौं । म्यानचेष्टर युनाइटेड काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा युनाइटेडले दोस्रो श्रेणीको क्लब लुटन टाउनलाई ३-० ले पराजित गरेको हो ।

प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेससँग पराजित भएको युनाइटेडले काराबाओ कपमा लुटनविरुद्ध पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेर खेलाएको थियो । कप्तान ह्यारी मगुएरेले मात्र टिममा निरन्तरता पाएका थिए ।

पहिलो हाफको अन्तिम समयमा हुवाँन माटाले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयतिर वैकल्पिक खेलाडीद्वय मारकुस राशफोर्ड र मासोन ग्रीउनले गोल गरेपछि युनाइटेडले ३-० को जित हात पारेको हो । ८८औँ मिनेटमा साशफोर्डले अग्रता दोब्बर पारेका थिए भने इन्जुरी टाइममा ग्निनउडले युनाइटेडका लागि तेस्रो गोल गरे ।

युनाइटेडका लागि यसै खेलबाट डेब्यु गरेका गोलकिपर डिन हेन्डरसनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment