
७ असोज, काठमाडौं । भारत र चीनको बीचमा विवादित सीमा क्षेत्रमा थप सैनिक परिचालन नगर्ने सहमति भएको छ । सीएनएनले उल्लेख गरेअनुसार सोमबार चीन र भारतका शीर्ष सैन्य अधिकारीहरुको वार्तामा यस्तो निष्कर्ष आएको हो ।
वार्तामा दुवैतर्फका सेनाबीच हुन सक्ने कुनै किसिमको गलत बुझाइ हटाउनका लागि निरन्तर वार्ता जारी राख्ने सहमति भएको छ । वार्तापछि प्रकाशित भएको संयुक्त विज्ञप्तिमा सीमाक्षेत्रमा दुवैले एकपक्षीयरुपमा कुनै पनि कदम नचाल्ने सहमति भएको उल्लेख छ । साथै अर्को चरणको वार्ता सम्भव भएसम्म छिटो बस्ने बताइएको छ ।
गत जुन महिनामा भारत र चीनतर्फका सैनाहरुको बीचमा भएको झडपपछि चीन र भारतबीच तनाव बढेको छ । जुनमा भएको उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त झडपपछि पनि पुनः सो सीमाक्षेत्रमा हवाई फायरिङ तथा झडप भएको थियो । दुवै पक्षले झडपको कारक एकअर्कालाई लगाउँदै आएका छन् ।
स्रोत : सीएनएन
प्रतिक्रिया 4