Comments Add Comment

क्यासवे मनी ट्रान्स्फर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

७ असोज, काठमाडौं । क्यासवे मनी ट्रान्स्फर प्रालिले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मूल्यका रेमिटेन्स भुक्तानी कारोबारहरु कनेक्ट आईपीएस प्रणालीमार्फत रियल टाइममा र अन्य रेमिटेन्स भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएलमार्फत तोकिएको समय सीमामा मध्य गर्न सक्नेछन् ।

हाल क्यासवे मनी ट्रान्स्फरले रेमिटेन्सको भुक्तानी मेगा बैंक लिमिटेड मार्फत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागिक्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ ।

नेशनल पेमेन्ट्स इन्टरफेस नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ ।

यसमा हाल ८ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ४१ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । पीएसपी/पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध-सरकारी संस्थाहरु लगायतका यी सदस्यहरुले आˆनो बैंक खातामार्फत् एनपीआई को सेवा प्रयोग गर्ने गरेका छन् ।

क्यास-वे मनी ट्रान्स्फर नेपाल भरी भरपर्दो रेमिटेन्स नेटवर्क मार्फत् रेमिटेन्स सुविधादिँदै आएको मनी ट्रान्स्फर कम्पनीहो । नेपालका बैंकिङ्ग तथा रेमिटेन्स क्षेत्रका विज्ञहरुद्वारा स्थापना गरिएको यस मनी ट्रान्स्फरले विदेशमारहेका नेपालीहरुलाई सस्तो र भरपर्दो रुपमा नेपालमा पैसा पठाउने सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment