Comments Add Comment

भारतका काेराेना संक्रमित केन्द्रीय मन्त्री अंगडीको मृत्यु

नयाँ दिल्ली । भारतका काेराेना संक्रमित एक केन्द्रीय मन्त्रीको ज्यान गएको छ । कोरोना संक्रमित केन्द्र सरकारका रेल राज्यमन्त्री सुरेश अंगडीको  ज्यान गएको भारतीय सञ्चार संस्था एनडीटीभीले जनाएको छ ।

उनलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बुधबार अंगडीको ज्यान गएको हो । उनी भारतका पहिला केन्द्रीय मन्त्री हुन्, जसको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

यसभन्दा पहिले नै तीन जना सांसदको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । अंगडीको मृत्युप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकले एक असाधारण कार्यकर्ता गुमाएको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्– ‘श्री सुरेश अंगडी एक असाधारण कार्यकर्ता थिए। जसले कर्नाटकमा पार्टीलाई मजबूत बनाउनको लागि कडा मेहनत गरे । उनी एक समर्पित सांसद र प्रभावशाली मन्त्री थिए । सबैतिर उनको प्रशंसा हुने गरेको थियो । उनको निधन दुःखद् छ । यस दुःखको घडीमा मेरो भावना उनको परिवार र मित्रजनको साथमा छ । ओम शान्ति ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment