+
+
Shares

सप्तकोसीको बजेट झन्डै ४७ करोड

रासस रासस
२०७७ असोज ८ गते ६:५४

८ असोज, सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ ।

नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो ।

नगरसभाको उदघाटनमा प्रदेश नं २ का प्रदेश सभा सदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताए । नयाँ प्रणालीमा देश गएअनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधिबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताए ।

नेपाल किसान संघका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीय स्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पु¥याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरी भएका जडिबुटी संकलन गरी आयआर्जनलाई अगाडि बढाउन नगरपालिकालाई सुझाव दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?