+
+
Shares

पर्यटन ब्युँताउन प्रदेशमा छुट्टाछुट्टै ट्राभल मार्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १२:४६

८ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लिएका कदमले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको पुनउर्द्धारका लागि  प्रदेशमा ट्राभल मार्ट आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्डले आफ्नो वाषिर्क नीति तथा कार्यक्रम र बजेटमा यस्तो योजना समेटेको हो । प्रदेश भित्र रहेका पर्यटकीय सम्भावनाको उजागर गर्न र त्यसलाई पर्यटकीय उत्पादनका रुपमा बजारीकरण गर्न यस्तो मार्ट महत्वपूर्ण हुने विश्वास बोर्डको छ ।

हरेक ट्राभल मार्टमा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि बोर्डले २०/२० लाख रुपैयाँ बजेट छुट्याएको छ । मार्टले आन्तरिक र बाहृय पर्यटक आकषिर्त गर्न सहयोग पुग्ने अपेक्षा बोर्डको छ । यी मार्टहरु प्रदेश सरकार र प्रदेश पर्यटन मन्त्रालयसँगको समन्वयमा आयोजना हुने भएका छन् ।

यस्तो छ प्रदेशगत रुपमा आयोजना हुने मार्टको विवरण

प्रदेश नं १ : इस्ट ट्राभल मार्ट

प्रदेश नं २ : मिथिला ट्राभल मार्ट

बागमती : बागमती ट्राभल मार्ट

प्रदेश नं ५ : लुम्बिनी ट्राभल मार्ट

कर्णाली प्रदेश : कर्णाली ट्राभल मार्ट

सुदुरपश्चितम प्रदेश : वेस्ट ट्राभल मार्ट

केन्द्रमा आधा दर्जन मार्ट तथा समिट

यो वर्ष केन्द्रीय स्तरमा समेत करिव आधा दर्जन मार्ट र समिट आयोजना गरिने भएको छ ।

कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई जिवित राख्न हिमालयन ट्राभल मार्ट, बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, एभरेष्ट समिटर्स समिट, धार्मिक पर्यटन समिट, हेरिटेज, आर्ट तथा कल्चर टुरिज्म मार्ट यो वर्ष आयोजना हुने भएका छन् ।

(*यसअघि सातवटै प्रदेशमा उल्लेख भएकोमा ६ वटा प्रदशेमा मात्रै भएकाले क्षमायाचनासहित सच्याइएको छ)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?