Comments Add Comment

सिमकोट जान पीसीआर नेगेटिभ अनिवार्य

८ असोज, काठमाडौं । हुम्लाको पर्यटकीय गन्तब्य सिमकोटमा जान पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट चाहिने भएको छ । यसअघि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका (लुक्ला) अब पनि यस्तो व्यवस्था गरेको थियो ।

सिमकोट गाउँपालिकाको कार्यालयले सबै हेलिकोप्टर कम्पनी र हवाईजहाज कम्पनीलाई पत्र काट्दै पीसीआर नेगेटिभ भएका यात्रु मात्र विमानस्थलमा ल्याउन निर्देशन दिइएको छ । कोरोना भाइरसको नियन्त्रणका लागि यस्तो निर्णय गर्नु परेको गाउँपालिकाले जनाएको छ ।

सिमकोटमा नेपालगन्जबाट तारा, सिता र समिट एयरले उडान गर्दै आएका छन् । केन्द्र सरकारले हवाई उडान खुला गरेसँगै देशभर यात्रा खुकुलो भएपनि जोखिम हेरेर स्थानीय सरकारले निर्णय लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment