+
+
Shares

कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य महाशाखा सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १५:०७

८ असोज, सुर्खेत । कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि तीन दिनका लागि महाशाखा सिल गरिएको हो ।

‘महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको छ,’ मन्त्रालयका सचिव लोकनाथ पौड्यालले भने, ‘अन्य कर्मचारीको कन्ट्याक्ट टे्रसिङ र पीसीआर रिर्पोट नआउँदासम्मका लाग महाशाखा सिल गरेका छौ ।’

सचिव पौड्यालका अनुसार असोज ८, ९ र १० गते तीन दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?