+

हृदयाघातबाट अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको निधन

२०७७ असोज  ८ गते १७:०६ २०७७ असोज ८ गते १७:०६
हृदयाघातबाट अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको निधन

८ असोज, काठमाडौं । अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बईस्थित एक होटलमा रहेका उनको हृदयाघातबाट बिहीबार निधन भएको हो । उनी भारतीय प्रिमियर लिग (आईपीएल)को कमेन्ट्री टोलीको सदस्यका रुपमा भारत आएका थिए ।

डिन जोन्सले दक्षिण एसियाको क्रिकेटमा सुधारको लागि महत्वपूर्ण सहयोग पुर्‍याएका थिए । स्टार इन्डियाले उनको मृत्यु पुष्टि गर्दै उनको मृत्युमा गहिरो शोक व्यक्त गरेको छ ।

जोन्सले सन् १९८४ देखि १९९४ को अवधिमा अस्ट्रेलियाको लागि ५२ टेस्ट खेलमा सहभागिता जनाएका थिए भने १६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए ।

स्रोत : द क्रिकेटर

अस्ट्रेलिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय