
८ असोज, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित वीपी राजमार्गमा बिहीबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
बा.४ ख ५८७० नम्बरको माइक्रोबस सडकबाट करिब ८० फिट तल खस्दा चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4