+
+
Shares

उद्योग वाणिज्य महासंघलाई साधारणसभा गर्न गृहको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते १७:५२

९ असोज, काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति दिएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताएका हुन् ।

गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुनेलगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी गर्न अनुमति दिएको गोल्छाले बताए । यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ ।

बरिष्ठ उपाध्यक्ष गोल्छाले अब छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने बताए । उनले स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालीन समयमा जारी गरेका मापदण्डलाई पूर्णरुपमा पालना गर्ने र आवस्यक परेमा ३/४ वटा ठाउँबाट दुई दिनसम्म गरेर भए पनि चुनाव गरिनेबताए ।

महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवं चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो ।

कोरोना भाइरस (कोभिड-१९) का कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको महाधिवेसन रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?