+
+
Shares

धानको समर्थम मूल्य तोक्ने विषयमा छलफल 

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते १९:५६

९ असोज, जनकपुरधाम । न्युनतम समर्थन मूल्य निर्धारण गरी सरकारले किसानसँग धान खरिद गर्ने भएको छ । यसका निम्ति संघीय र प्रदेश २ सरकारका प्रतिनिधिबीच शुक्रबार जनकपुरधाममा छलफल भएको छ ।

संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहसहितकाबीचमा धानको न्युनतम समर्थन मूल्य निर्धारण गर्ने विषयमा छलफल भएको हो ।

मुख्यमन्त्री राउतको कार्यकक्षमा भएको छलफलमा धानको मूल्य निर्धारण गरी सरकारीस्तरबाटै खरीद गर्ने विषयमा सहमति जुटेको प्रदेशका भूमि, व्यवस्था, कषि तथा सहकारी मन्त्री साहले बताए । ‘यसका निम्ति प्रदेशको मन्त्रालयलाई विस्तृत प्रस्तवा तयार गर्न भनिएको छ’ मन्त्री साहले भने, “हामी १० दिनभित्र प्रस्ताव तयार गरी संघीय मन्त्रालयमा बुझाउँछौं ।”

समयमा धानको मूल्य निर्धारण नहुँदा किसान समस्यामा पर्ने गरेको र सस्तोमै धान बेच्न विवश भइरहेकाले यस पटक समयमै मूल्य निर्धारण गरिने उनले बताए । साथै, मूल्य निर्धारण गरी सरकारीस्तरबाटै खरीद गर्ने योजना समेत बनाइने साहको भनाइ छ ।

शुक्रबार जनकपुरधाम आएका संघीय कृषि मन्त्री भूसाललाई मुख्यमन्त्री राउतले स्वागत पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?