+
+

हुम्लाको सीमा अध्ययन प्रतिवेदन सार्वजनिक गर : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते १९:५१

९ असोज, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

लिमी उपत्यकामा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको थियो । टोलीको रिपोर्ट नआउँदै सरकारले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको थियो ।

त्यसलाई हतारको टिप्पणी भनेको कांग्रेसले स्थलगत भ्रमणमा गएको टोली सदरमुकाम फर्किए पश्चात वास्तविकता बाहिर नआएको भन्दै असन्तुष्टि जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय छ ।’

परराष्ट्र मन्त्रालयले हतारमा टिप्पणी गर्नु, सहायक प्रजिअलाई स्पष्टीकरण सोध्नु र स्थलगत अध्ययनको विवरण सार्वजनिक गर्न ढिलाई गर्नुले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको कांग्रेसले बताएको छ । सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको भन्दै प्रमुख विपक्षी कांग्रेसले भनेको छ, ‘अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?