+
+

७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

रासस रासस
२०७७ असोज १० गते ७:५५

१० असोज, काठमाडौं । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् ।

मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन् ।

केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् ।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदूरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ ।

फर्कनेमध्ये ८हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?