 
																			१० असोज, काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।
शनिबार बिहान नेकपा मुख्यालय धुम्बाराहीको प्राङ्गणमा सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम गरिएको हो ।
अनेरास्ववियूका पूर्व अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले रक्तदान गरेर कार्यक्रमको शुरुआत गरेका थिए ।
कोभिड १९ को महामारीका कारण रक्तसञ्चार सेवामा रगतको अभाव महसुस गर्न थालिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको अनेरास्ववियूका काठमाडौं जिल्ला संयोजक कृष्ण थापाले बताए ।
रक्तदान कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, इन्द्र भुषाल, सुदेश पराजुली, आरती लामा, पवन कार्की लगायतका विद्यार्थी नेताहरुको उपस्थिति थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4