+
+
Shares

मिलन चाम्सको फिल्ममा साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १० गते १७:३५

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लकडाउनपछि ३ वटा चलचित्र साइन गरेकी छिन् । करिब एक महिना अगाडि उनले एक अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का गरेकी थिइन् । मनिष राउत र आना शर्माले यो चलचित्रमा साम्राज्ञीसँग पर्दा शेयर गर्नेछन् ।

यस्तै, केही दिन अगाडि मात्र साम्राज्ञीले नायक पल शाहसँग चलचित्र ‘रेड वाइन’मा काम गर्ने पक्का गरेकी थिइन् । अमेरिकामा छायांकन हुने यो चलचित्रलाई रमेश एम.के पौडेलले निर्देशन गर्दैछन् । उनै, साम्राज्ञीले केही साता अगाडि नै निर्देशक मिलन चाम्सको चलचित्र पनि साइन गरेको खुलेको छ ।

लभ स्टोरी कथामा बन्न लागेको चलचित्रको स्क्रिप्टको काम अन्तिम चरणमा पुगेको छ । साम्राज्ञीको यो चलचित्रको छायांकन अर्को बर्षको सुरुवातमा हुनेछ । निर्देशक चाम्सले अनलाइनखबरसँग भने–‘हो, साम्राज्ञीसँग चलचित्रका लागि लिखित संझौता नै भैसकेको छ । चलचित्रको कथाको काम अन्तिम चरणमा पुगेको छ ।’ यो चलचित्रको छायांकन यूरोपमा गर्ने तयारी चाम्सको छ । चलचित्रका लागि एक जना नयाँ नायक अडिसनबाट लिने चाम्सको तयारी छ ।

नायिका साहले एकपछि अर्को चलचित्र साइन गरेर आफूलाई व्यस्त बनाइरहेकी छिन् । तर, यी चलचित्रका लागि उनले समय कसरी मिलाउने हुन्, यो भने प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?