Comments Add Comment

सबैको सहयोग भएमात्रै कोरोना नियन्त्रणमा आउँछ : राज्यमन्त्री मानन्धर

११ असोज, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

शनिबार साधना कला केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताए ।

करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा अर्बौं रुपैयाँ सकिएको तर नियन्त्रणमा आउन नसकेकाले सबैको सहयोगको आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेका थिए ।

प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गरेकी छन् । दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौंका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गरे ।

गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment