+
+
Shares

डा. केसीसँग संवाद गर्न शान्ति समाजको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १२:५२

११ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सत्याग्रही डाक्टर गोविन्द केसीसँग शीघ्र संवाद गरी सहमति खोज्न सरकारलाई आग्रह गरेको छ ।

आइतबार समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै संवादमार्फत शीघ्र सहमति खोज्न र संवेदनशील बन्न मानव अधिकार तथा शान्ति समाज सरकारसँग आग्रह गर्दछ ।’

सरकारले डाक्टर केसीसँग गरेका सहमतिका सन्दर्भमा छलकपटपूर्ण व्यवहार गर्नु दूर्भाग्य भएको भन्दै समाजले तत्काल संवाद गरी सहमति खोज्दन आग्रह गरेको हो ।

समाजले सत्याग्रहका क्रममा डाक्टर केसीप्रति सरकारले गरेको व्यवहार निन्दनीय भएको टिप्पणीसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?