Comments Add Comment

ट्रम्पद्वारा एमी कोनी बारेट सर्वोच्च अदालतको न्यायाधीशमा मनोनित

११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी बारेटलाई सर्वोच्च अदालतको न्यायाधीशमा मनोनित गरेका छन् । उनलाई दिवंगत रुथ बेडर गिन्सबर्गको स्थानमा सर्वोच्च अदालतको लागि मनोनित गरिएको हो ।

ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशको रुपमा मनोनित गर्दै बारेटको प्रशंसा गरेका छन् । ट्रम्पले उनी संविधाप्रति अटुट निष्ठा भएकी न्यायाधीशको रुपमा उल्लेख गरेका छन् । यद्यपि ट्रम्पको मनोनयनको प्रस्ताव अमेरिकाको माथिल्लो संसद् (सिनेट)बाट पारित हुनु जरुरी छ ।

विपक्षीहरुले भने ट्रम्पको यो मनोनयनको निर्णयको विरोध गर्दै आएका छन् । आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन भइरहेको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिको काम नयाँ संसद्ले गर्नुपर्ने राष्ट्रपति पदको लागि विपक्षी उम्मेदवार जो बाइडनले बताउँदै आएका छन् ।

बारेटलाई सर्वोच्चको न्यायाधीश बनाउने प्रस्ताव पारित भए सर्वोच्च अदालतमा लिबरल न्यायाधीशविरुद्ध कन्जर्भेटिभ न्यायाधीधको अदालतमा ६-३ को बहुमत कायम हुनेछ । यसअघि नै ट्रम्पले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त गरिसकेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment