Comments Add Comment

चन्द्रप्रसाद हत्या आरोपमा पाँच जना पूर्पक्षका लागि थुनामा

११ असोज, विराटनगर । मोरङको बेलबारी नगरपालिका– ५ कसेनीका चन्द्रप्रसाद राईको हत्यामा संलग्नको आरोप लागेका सातमध्ये पाँचजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । दुई जनालाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले शुक्रबार थुनछेक बहसपछि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका सातमध्ये पाँचजनालाई थुनामा राख्ने आदेश दिएको हो ।

१२ भदौमा राईको हत्या र उनका आफन्तमाथि आक्रमण गरेको आरोपमा १९ जनाविरुद्ध ‘कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता भएको थियो । हत्या आरोपमा पक्राउ परेकामध्ये जितेन्द्रकुमार चौधरीलाई चारलाख र ञानव थुलुङ राईलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

घटनाका मुख्य नाइके भनिएका विनयकुमार सरदार, विशालकुमार खवास गच्छदार, दीपेन्द्र भन्ने दीपेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार खाँ र राजेन्द्र राईलाई थुनामा राख्ने आदेश भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

लोहन्द्रा खोलामा लगाएको बासको पुलको विषयमा भएको झगडा छुट्याउन गएका राईलाई १२ भदौमा १९ जनाको समूहले कुखुरी र बञ्चरो प्रहार गरेको थियो ।

झगडा छुट्याउन गएका उनका दाइ ४२ वर्षीय सईकुमार राई, भाइ ३२ वर्षीय समुन्द्र राई र भतिज १६ वर्षीय गौरव राई घाइते भएका थिए ।

लोहन्द्रा खोलामा लगाएको बाँसको पुलमा पैसा उठाउने विषमा विवाद हुँदा दिनेश भनिने घनेन्द्र श्रेष्ठमाथि कुटपिट गरिरहेको समूहलाई सम्झाउन पुगेका राईमाथि आक्रमण हुँदा उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment