+
+
Shares

नेकपाको इन्जिनियरिङ एसोसिएसनमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १७:४९

११ असोज, काठमाडौं । सत्तारुढ नेकपाको इन्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन (पिन) को विवाद चर्किएको छ ।

साविक एमाले र माओवादी मिलेर नेकपा बनेपछि सबै जनवर्गीय संगठनहरुको एकतामा विभिन्न किसिमका विवादहरु देखापरिरहेको छ । दुइवर्ष अगाडि पूर्व एमाले र माओवादीको इन्जिनियरहरुको केन्द्रीय कमिटी एकता भएपनि प्रदेश कमिटीहरुमा विवाद थियो ।

बागमती, कर्णाली, सुदुरपश्चिम र गैरभौगोलिक विश्वविद्यालय प्रदेश कमिटीमा रहेको विवाद समाधान गर्न केन्द्रले विवाद समाधान कमिटी गठन गरेको थियो । तर उक्त कमिटीले बुझाएको प्रतिवेदनमाथि छलफल नै नगरी ती कमिटीहरुलाई सपथ खुवाउने र ती कमिटी मार्फत तल्ला कमिटीहरु गठन गर्न संगठनको अध्यक्ष लगायतले निर्देशन दिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

यस विरुद्ध सचिवालयका बहुमत सदस्यहरुले असहमति जनाउँदै विज्ञप्ति जारी गरेका छन् । यो विवादमा पूर्व एमालेको ओली र नेपाल खेमा अग्रभागमा देखिएका छन् भने पूर्व माओवादीका पनि विभाजित देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?