Comments Add Comment

बझाङमा एउटा घटना गाउँमै मिलाउँदा अर्को बलात्कार र हत्या

यसअघिको बलात्कार घटनामा गाउँमा गरिएको मिलापत्र र अभियुक्त राजेन्द्र बोहरा ।

११ असोज कैलाली । बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट हिँडेकी बझाङ मष्टा गाउँपालिका–२ कि १२ बर्षीया सम्झना विश्वकर्मा साँझसम्म फर्किइनन् । १० मिनेटको पैदल दुरीमा रहेको गोठमा गएकी उनी तीन घण्टासम्म पनि नफर्किएपछि परिवारले खोजी गरे ।

त्यसक्रममा शिवमाण्डौ मन्दिरमा बालिकाको शव भेटियो । त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरीले घटनाको अनुसन्धान थाल्यो । मृतकका हजुरबुवाले ८/१० दिन पहिले एक व्यक्तिले आफ्नी नातिनीलाई सताएको सूचना दिएपछि प्रहरीले स्थानीय २० बर्षीय राजेन्द्र बोहरालाई पक्राउ गर्‍यो ।

उनले सम्झनाको बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताए । मृतक मस्टा आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

बोहरा यसअघि पनि बलात्कारमा सं‌लग्न !

बिहीबार पक्राउ परेका बोहराले यसअघि पनि एक बालिकालाई बलात्कार गरेको खुल्न आएको छ ।

प्रहरीका अनुसार साउन २९ गते सोही ठाउँकी १३ बर्षीया बालिकालाई बलात्कार गरेका थिए । तर ३१ गते आफन्तहरुसँग बसेर मिलापत्र गरेको पाइएको छ । रावलले गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जनकारी दिए ।

त्यसबेला बालिकाको गर्भ रहे त्यसको जिम्मा उसैले लिने भन्ने कागजसमेत गराइएको थियो । बालिका बलात्कारको घटना गाउँमै मिलाएपछि रावलले थप अपराध गर्न आट गरेको हुनसक्ने प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए । ‘त्यो बेला उनीमाथि कारबाही भएको भए यस्तो जघन्य अपराध हुने थिएन । पहिलो पटक घटना मिलाएपछि अपराधीको मनोबल बढेको हो’ उनने अनलाइनखबरसँग भने, ‘घटना मिलाउनेहरुलाई पनि कारबाही हुन्छ ।’

२९ साउनमा बलात्कृत बालिकाले पटकपटक अभिभावकसामू आफू असुरक्षित रहेको बताउँदै आएकी थिइन् । तर परिवारका सदस्यले चासो नदिएको पाइएको छ ।

सम्झनाको बलात्कारपछि हत्या भएको चार सदिनपछि २९ साउनको घटनालाई लिएर बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दर्ता गराएको जिल्ला जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताए ।

सम्झनाको बलात्कारपछि हत्या

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बलात्कारपछि निर्मम ढंगले बालिकाको हत्या गरिएको पाइएको छ । शिवमाण्डौ मन्दिर क्षेत्रमा बालिकालाई बलात्कार गरेको र घटना बाहिरिने डरले फलामको सुइरोले रोपेर हत्या गरेको पाइएको छ । उनले भने ‘घटनाबारे अनुसन्धान हुँदैछ । थप सार्वजनिक हुँदै जान्छ ।’

उनले बलात्कार र हत्यापछि बालिकाको कानमा रहेको सुनको मुन्द्रा समेत लुटेको प्रहरीले जजनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment