+
+
Shares

बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १९:५८
फाइल तस्वीर

११ असोज, बुटवल । शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड ४० घण्टापछि आइतबारदेखि सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पर्ने पाल्पाको तिनाउ गाउपालिकाका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि आइतबार साँझदेखि एकतर्फी रुपमा सवारी सञ्चालन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडक खुलेपछि दुई दिनदेखि बीचबाटोमै रोकिएका सवारी साधन तथा यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।

शुक्रबार परेको मुसलधारे पानीसँगै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत  चिडियाखोला, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, अर्घाछाप, पानीमिललगायतका स्थानमा ठूला–ठूला ढुंगा सहितको पहिरो खसेर सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?