+
+
Shares

चितवनका दुई स्थानमा सशस्त्रको बीओपी स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते ९:३९

१२ असोज, चितवन । चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

चितवनको माडि नगरपालिका–१ गर्दिस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका वडानं. ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा बीओपी स्थापना गरिएका हुन् ।

मर्ज भएपछि खालि रहेका विद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दीपक कुमार थापाले जानकारी दिए ।

असोज ११ गते सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बीओपी उदघाटन गरेका हुन् । दुवै बीओपीमा  सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको छ ।

बीओपी स्थापनासँगै चितवनको सीमा क्षेत्रमा स्थानीयले सुरक्षित महसुस गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?