+
+
Shares

कोरोनाविरुद्ध आफैँ आफ्नाे भ्याक्सिन कसरी बन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते ११:१८

१२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी चेतनामूलक भिडियो सार्वजनिक भएको छ । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको युनिभर्सिटी हस्पिटल्समा कार्यरत डा. ईशान अधिकारीको अगुवाइमा ग्लोबल नेपाली हेल्थ एण्ड रिर्सच सेन्टरले कोरोनाबाट बच्न कस्तो सुरक्षा सतर्कता अपनाउने भन्ने सन्देशमूलक भिडियो तयार पारेको हो ।

कोरोना भाइरसबाट आफू र समग्र समुदायलाई कसरी बचाउन सकिन्छ ? भनेर जनचेतनामूलक भिडियो तयार गरी युट्युव तथा अन्य सामाजिक सञ्जालमार्फत सूचनामूलक सामग्री पस्किने काेसिस गरिएकाे निर्माण पक्षले जनाएकाे छ ।

अधिकारीको अगुवाईमा ग्लोबल नेपाली हेल्थ एण्ड रिर्सच सेन्टरमार्फत हालसम्म कोरोना भाइरसबाट बच्न किन र कस्तो मास्क लगाउनुपर्छ, बच्चाहरूले कोरोना भाइरसबाट बच्न किन मास्क लगाउनु आवश्यक छ ? भाइरसबाट बच्न मास्क लगाएर मात्र होइन किन व्यक्तिगत अनि सामाजिक दुरी कायम गर्नु आवश्यक छ भन्ने सम्बन्धमा समेत हालसम्म ३ वटा भिडियो दुर्गम ताप्लेजुङमा स्थानीयस्तरमा नै निर्माण गरी सार्वजनिक गरिएको छ ।

भिडियोले हालको अवस्थामा मास्क मात्र प्रयोग गरेर व्यक्तिगत अनि सामाजिक दुरी कायम नगर्ने हो भने अगाडि वा पछाडिको व्यक्तिलाई यदि कोरोना संक्रमण भएको छ भने, ६ फिटभन्दा कम दूरीमा रहेका व्यक्तिहरू हावाबाट संक्रमित हुन सक्ने सम्भावना निक्कै हुने भन्ने वैज्ञानिक सन्देश प्रस्तुत गरेको छ ।

भिडियोमा स्पष्ट रूपमा मास्क लगाउनुका साथै व्यक्तिगत अनि सामाजिक दुरी कायम गरी जति टाढा र जति कम भाइरसबाट संक्रमित भइन्छ, त्यति नै चाँडै आफ्नै शरीरले भाइरसविरुद्ध लड्ने एन्टिबडी बनाउँछ, त्यसले गर्दा भविष्यमा केही गरी संक्रमित भइहाले पनि सिकिस्त बिरामी हुने सम्भावना निकै कम हुन जान्छ ।

यसलाई डा. अधिकारीले सरल भाषामा आफ्नै शरीरले कोरोनाविरुद्धको अस्थायी भ्याक्सिन निर्माण गरे सरह हुने जानकारी गराएका छन् । खोप वा औषधि नबनेसम्म आफू कोरोनाविरुद्ध केही समयको लागि भए पनि सुरक्षित र संयमित भएर बस्न पाइन्छ ।

भिडियामो उल्लेख भए अनुसार मास्क प्रयोग गरेर व्यक्तिगत अनि सामाजिक दुरी कायम गरेमा कोरोना भाइरसबाट संक्रमित हुने जोखिम त्यति नै कम हुने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भएको जानकारी गराउँदै त्यसो गरेमा मात्र संक्रमितबाट कोरोना भाइरस अन्य व्यक्तिको शरीरमा प्रवेश गर्न नसक्ने र प्रवेश गरी हाले तापनि शरीरमा मास्क र दुरीको कारण संख्यागत रूपमा कम प्रवेश गर्ने भएकोले त्यसको असर कम पर्ने हुँदा नयाँ भाइरस सरेको व्यक्तिको स्वास्थ्यमा कम जोखिम हुन्छ ।

त्यसैले तीन पत्र भएको मास्क वा कपडालाई नै राम्ररी तीनपत्रे बनाएर मास्क जसरी लगाउनुका साथै हामीहरुले एकअर्काबाट व्यक्तिगत अनि सामाजिक दूरी कम्तिमा ६ फीट कायम गरी उभिने वा बस्ने हो भने धेरैभन्दा धेरै अवस्थामा सम्भावित कोरोना भाइरसको संक्रमणलाई रोक्न सकिन्छ भन्ने जानकारी भिडियोमा प्रस्तुत गरिएको छ ।

यदि राम्ररी मास्क नलगाई र व्यक्तिगत अनि सामाजिक दुरी ६ फिटभन्दा कम कायम गरी उभिने वा बस्ने गर्ने हो भने हावामार्फत पनि काेराेना भाइरस सर्ने र व्यक्तिको ज्यान समेत जान सक्छ भनि सचेत गराइएको छ ।

अपलोड गरिएको भिडियोमार्फत प्रेषित जानकारी अनुसार हामी सबैले कोरोना भाइरसको महामारीबाट बच्ने एक मात्र उपाय भनेको उपयुक्त मास्क राम्रोसँग लगाउने र आवश्यक कम्तीमा ६ फिटको व्यक्तिगत अनि सामाजिक दुरी कायम गरेमा मात्र हामीहरू कोरोना भाइरसको महामारीबाट आफू पनि बाँच्न सकिने र ठूलो संख्यामा आम जन समुदायलाई पनि बचाउन सकिन्छ भनि स्पष्ट रूपमा सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?