+
+

प्रदेश २ मा एकैपटक ९८७ कोरोना संक्रमित डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १८:४९
फाइल तस्वीर

१२ असोज, जनकपुरधाम । प्रदेश २ मा एकैपटक ९८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २२७ जना महिलासहित ९८७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो अवधिमा सबैभन्दा बढी बाराका २०५ जना संक्रमित डिस्चार्ज भएका छन् । रौतहटका २०१ जना निको हुँदा महोत्तरीका १७५ जना निको भएर घर फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धनुषाका १५२ जना, सर्लाहीका १२० जना, पर्साका ९२ जना, सप्तरीका २२ र सिरहाका २० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै प्रदेशमा कोरोना संक्रमित निको हुनेको संख्या ८ हजार ७३६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले निको हुने अधिकांश होम आइसोलेसनको रहेको बताए । उनले भने, “होम आइसोलेसनमा १४ दिनसम्म बसेका संक्रमितहरु निको भएका छन् ।”

यद्यपि प्रदेशमा सकृय कोरोना संक्रमितको संख्या ४ हजार ५६४ रहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ३६ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?