Comments Add Comment

कोरोनाबाट स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएको छ ।

झापा, सुनसरी, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर, चितवन, गुल्मी, जाजरकोट र कैलालीका एकएक जनाको मृत्यु भएको वास्थ्य तथा जनसख्ंया मन्त्रालय तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनााएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४८८ पुगेको छ ।

  • गौरादह नगरपालिका-१, झापाका ५१ वर्षीय पुरुषको सोमबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ३ असोजमा अस्पताल भर्ना भएका उनमा मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या थियो ।
  • धरान उपमहानगरपालिका-२, सुनसरीकी ३८ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या हुनुका साथै निमोनिया भएपछि उनी आइतबार अस्पताल भर्ना भएकी थिइन् ।
  • मनरा नगरपालिका-७, महोत्तरीका ५८ वर्षीय पुरुषको सोमबार करुणा अस्पताल, काठमाडौंमा मृत्यु भएको छ । पर्सामा सिनियर अहेबका रुपमा कार्यरत उनलाई ५ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • हरिपूर्वा नगरपालिका-३, सर्लाहीका ८२ वर्षीया महिलाको सोमबार प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि २९ भदौमा अस्पताल भर्ना भएकी उानलाई कोरोना संक्रमण भएको १ असोजमा पुष्टि भएको थियो ।
  • शहीदनगर नगरपालिका-१, धनुषाका ६५ वर्षीय पुरुषको आइतबार प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि शनिबार अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको आइतबार पुष्टि भएको थियो ।
  • भक्तपुरकी ५१ वर्षीया महिलाको आइतबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । २८ भदौमा अस्पताल भर्ना भएकी उनलाई ३० गते संक्रमण पुष्टि भएको थियो । उनमा रत्तअल्पत्ता, मधुमेह र मिर्गौलाको समस्या थियो ।
  • भरतपुर महानगरपालिका-७, चितवनका ५५ बषर्ीय पुरुषको सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । मिर्गौलाको समस्या भएपछि डायलासिस गरिरहेको उनलाई कोरोना संक्रमण भएको ४ असोजमा पुष्टि भएको थियो । खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि उनी ७ गते अस्पताल भर्ना भएका थिए ।
  • ईस्मा गाउँपालिका-२, गुल्मीका ३४ वर्षीय पुरुषको आइतबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
  • जुनीचाँदे गाउँपालिका-५, जाजरकोटकी ७६ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६ असोजमा कोराना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी उनको स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । तर उनको बाटैमा मृत्यु भएको छ । उनी पित्तथैलीसम्बन्धी रोगबाट पीडित थिइन् ।
  • धनगढी उपमहानगरपालिका-१, कैलालीकी ६३ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि ७ असोजमा अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो । उनी दम रोगबाट पीडित थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment