Comments Add Comment

प्रदेश २ मा थप दुई जना कोरोना संक्रमितको मृत्यु

१२ असोज, जनकपुरधाम । प्रदेश २ मा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा धनुषा र सर्लाहीका एक/एक जना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार सर्लाहीको हरिपूर्वा नगरपालिका- ३ घर भएकी ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि उनलाई गत भदौ २९ गते अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन स्वाब संकलन गरी परीक्षण गर्दा असोज १ गते उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । स्वास्थ्य निर्देशनालयका चिकित्सक डा. कमलेश यादवका अनुसार उपचारको क्रममा सोमबार उनको मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमणबाट धनुषाको शहीदनगर नगरपालिका-१ बालाबााखरका ६५ वर्षीय एक पुरुषका मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि शनिबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो । शनिबार स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा आइतबार उनमा संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा आइतबार राति नै उनको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment