+
+
Shares

२० हजार लिटर पेट्रोलमा मटितेल मिसाउने ट्याकंर चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते १८:५२

१३ असोज, काठमाडौं । पेट्रोलमा मटितेल मिसावट गर्ने एक जना टयांकर चालक निगमको थानकोट डिपोबाट पक्राउ परेका छन् । डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याकंरका चालक सतिन सुवेदीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलमा मिसावट गर्नेविरुद्ध निगमले चलाएको अप्रेसनमा मंगलबार पुनः एक जना पक्राउ परेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

‘पेट्रोल ट्यांकर चालक सचिन सुवेदी मंगलबार पक्राउ परेका छन्, उनलाई कालोबजारी तथा केही सामाजिक अपराध ऐन अनुसार कारबाही गर्न प्रहरीलाई बुझाएका छौं,’ प्रवक्ता उपाध्यायले भने ।

दुई साता अवधिमा पेट्रोलमा मिसावट तथा चोरीमा संलग्न छैटौं ट्यांकर चालक फेला परेको र उनीहरुलाई कालोबजारी ऐनअन्तरगत कारबाही अघि बढाइएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल चोरीमा संलग्न एक तथा पेट्रोलमा मिसावटको आरोपमा निगमको अमलेखगन्ज डिपोबाट तीन र थानकोट डिपोबाट एक जना चालक पक्राउ परिसकेका छन् ।

उनीहरुलाई जरिवानसहित कैद सजाय हुनेगरी जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा चलाइने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?