Comments Add Comment

पायलको चेतावनी–‘अनुरागलाई गिरफ्तार नगरे भोक हड्तालमा बस्छु’

मुम्बइमा रहँदै आएकी साउथकी नायिका पायल घोषले केही दिन अगाडि निर्देशक अनुराग कश्यपमाथि यौन उत्पिडनको आरोप लगाइन् । उनले, प्रहरीमा पुगेर एफआइआर पनि दर्ता गरिसकेकी छिन् ।

उनै, अनुरागलाई सोधपुछका लागि प्रहरीले अक्टुबर १ तारिखमा बोलाएको छ । मुम्बइको वर्सोवा प्रहरीले स्टेशनले उनलाई सोधपुछका लागि हाजिर हुन पत्र काटेको छ ।

भारतीय मिडियाका अनुसार प्रहरीले उनलाई अनुमतिविना मुम्बई नछाड्न पनि भनेको छ । कश्यपका वकिलले नायिका घोषको आरोपलाई तथ्यहिन बताइसकेका छन् ।

मंगलबार पायलले राज्यपाल भगत सिंह कोश्यारीसँग पनि भेटघाट गरेकी थिइन् । उनले, अनुरागबाट आफ्नो ज्यानको जोखिम रहेको पनि बताइसकेकी छिन् । उनले भनेकी छिन्–‘बलात्कारको आरोपी सडकमा खुलेयाम घुमिरहेका छन् । यसैले मलाई सुरक्षा दिन आवश्यक छ ।’

अनुरागलाई तत्काल पक्राउ नगरेको अवस्थामा आफू भोग हड्तालमा बस्ने चेतावनी समेत पायलले दिइसकेकी छिन् ।

सेप्टेम्बर २२ तारिखमा अनुरागविरुद्ध मुम्बइको विक्रोली पुलिस स्टेशनमा बलात्कारको मुद्दा दर्ता भएको थियो । पायलले सन् २०१३ मा आफूलाई अनुरागले यारी रोडको एक घरमा बलात्कार गरेको आरोप लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment