Comments Add Comment

एक प्रहरी कर्मचारीमा कोरोना देखिएपछि गोरखाको १२ किलो प्रहरी चौकी सिल

१४ असोज, गोरखा । गोरखा नगरपालिका–११ स्थित बाह्र किलो प्रहरी चौकी सिल गरिएको छ । चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

संक्रमितलाई आइसोलेसनमा राखिएको र उक्त चौकीमा कार्यरत अन्य १२ जना प्रहरी कर्मचारी चौकी हातभित्रै क्वारेन्टिनमा बसेको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए । अर्काे सूचना प्रकाशित नभएसम्मका लागि उक्त चौकीबाट प्रदान हुँदै आएको सेवा जिल्ला प्रहरी कार्यालयबाट प्रवाह गरिने उनले जानकारी दिए ।

त्यस्तै गोरखाको सिरानचोक गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका एक कर्मचारीमा बुधबार कोरोना पुष्टि भएसँगै बिहीबारबाट एक हप्ताका लागि सेवा वन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको हो । संक्रमित कर्मचारी वडा नम्वर ३ घिमिरे गाउँका रहेकाले उक्त क्षेत्र पनि सिल गरिएको बताइएको छ ।

पूर्वमा वडा नम्वर ३ र ५ को सिमाना, उत्तरमा नवलपुर, पश्चिममा हर्मी भञ्ज्याङ र दक्षिणमा बुढीखोला क्षेत्र सिल गरिएको वडा सचिव अजिता राइले जानकारी दिइन् । संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङमार्फत पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न उक्त क्षेत्र सिल गरिएको बताइएको छ ।

त्यस्तै कन्ट्याक्ट ट्रेसिङका लागि गाउँपालिकाको केन्द्र रहेको चित्रेपोखरी क्षेत्र पनि सिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment