+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

डिसहोमले ल्यायो ‘डिसहोम आइपीएल ट्वान्टी ट्वान्टीको मज्जा’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते २०:०१

१४ असोज, काठमाडौं । डिसहोमले इन्डियन प्रिमियर लिग (आइपीएल) लक्षित डिजिटल अभियान अनावरण गरेको छ। आइपीएल क्रिकेटमा हुन गइरहेको महा उत्सवका लागि डिजिटल अभियान अनावरण गरेको डिसहोमले जानकारी दिएको छ। डिसहोमले उक्त योजनाको कार्यान्वयन आइपीएल क्रिकेट लिग २०२०को लागि सुचीकृत गरेको एजेन्सी मार्स प्राइभेट लिमिटेडले गर्ने डिसहोमले जानकारी दिएको छ।

कोभिड-१९को महामारीका कारण विगत ६ महिना देखि मुलुकले कठिन र तनावपूर्ण स्थिति झेलेको भन्दै क्वारेन्टाइन नगरिएको एक मात्रै विकल्प टिभी वा इन्टरनेट नै रहेको भन्दै डिसहोम भित्र रहेका लाखौं क्रिकेटप्रेमी डिजिटली जोडिन सक्ने डिसहोमको भनाई छ।

‘आइपीएल ट्वान्टी ट्वान्टीको क्रिकेट २०२० उचाईमा पुगिरहेको अवस्थामा डिसहोम देशभित्र रहेका लाखौं क्रिकेट प्रेमीहरुसँग डिजिटली जोडिन सक्ने र आफ्नो फ्लोवर्स बेस बढाउन सक्ने अवसरको रुपमा अघि बढेको छ’ डिसहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। डिसहोमले उक्त अभियानलाई नै डिसहोम २०२०को मज्जा भनेर नामाकरण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?