+

यौन–सुख : जि स्पट र आनन्द

२०७७ असोज  १५ गते १३:२८ २०७७ असोज १५ गते १३:२८
यौन–सुख : जि स्पट र आनन्द

महिलामा उत्तेजना कसरी बढाउने ? भन्ने कुरा धेरैको लागि महत्वपूर्ण र चासोपूर्ण कुरा हो । महिलालाई कुन अंगमा छुँदा उनीहरुमा उत्तेजना आउँछ भन्ने कुरा स्वयं महिलालाई पनि थाहा नहुन सक्छ । सुरुसुरुमा कुनै पनि महिलाको लागि यो कुरा पत्ता लगाउन नै मुस्किल हुन्छ कि कसरी चरम आनन्द प्रदान गर्ने ?

सन् २०१७ मा गरिएको एक अध्ययन अनुसार लिङ्ग प्रवेशबाट मात्रै कुनै पनि महिलालाई चरम आनन्द प्राप्त गराउनु मुस्किल काम हो । महिलाहरूको लागि सम्भोगबाट अर्गेज्म प्राप्त गर्नु अपेक्षाकृत रूपमा असामान्य हुन्छ । वास्तवमा केवल १८ प्रतिशत महिलामात्रै लिङ्ग प्रवेशबाट चरम आनन्द प्राप्त गर्ने खालका हुन्छन् । यस्ता महिलाहरूले लिङ्ग प्रवेशभन्दा पहिले नै अर्गेज्मको लागि संवेदनशील अंगमा छुने लगायतका अर्गेज्मका विभिन्न शैली भोगिसकेका हुन्छन् । यसमा जी स्पट भन्ने एउटा संवेदनशील अंग हुन्छ जसमा छुँदामात्रै पनि महिलाहरू चरम आनन्दमा पुग्ने गर्छन् ।

जी स्पट के हो ?

अहिलेसम्म जी स्पट वास्तवमा हुन्छ या हुन्न भन्ने बारेमा समेत कुनै स्थापत्य प्रमाण छैन । तर जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक अध्ययनले जी स्पटको रचनात्मक अस्तित्वको बारेमा बताएको छ । जीस्पटको बारेमा पहिलो पटक सन् १९५० को दशकमा खोज गरिएको थियो । डा. अन्स्र्ट ग्रेफेनवर्गले मूत्र मार्गको साथ योनीको भित्र माथिल्लो भागमा रहेको यो अंग उत्तेजनाको लागि सक्रिय रहेको उल्लेख गरेका छन् ।

जी स्पट वास्तवमा योनीको भित्र एउटा सानो क्षेत्र हुन्छ । यो योनीको भित्र दुई इन्च या त्योभन्दा थोरै भित्र माथिल्लो भागमा रहने गर्छ । जी स्पट यौन संवेदनशील हुन्छ र उत्तेजनाको समयमा यसले आनन्द दिने गर्छ । जी स्पट महिलाको योनीमा हुने एउटा निश्चित स्थान होइन । यो त योनीमा जुन सुकै ठाउँमा पनि पाउन सकिन्छ । यौन सम्पर्कको समयमा जी स्पटलाई उत्तेजित पार्न कोही महिला इच्छित हुन्छन् भने कोही यसमा चासो राख्दैनन् ।  महिलाहरू यस तरिकाले या कुनै अर्काे तरिकाले समेत संवेदनामा कुनै अन्तर महसुस हुँदैन ।

जी स्पट कहाँ रहन्छ ?

जी स्पट योनीको लगभग दुई देखि तीन इन्च भित्र माथिल्लो भागमा हुने गर्छ । यदि स्वयं यसलाई पत्ता लगाउन चाहनुहुन्छ भने आफ्नो औंलाले यसलाई पत्ता लगाउन मुस्किल हुने गर्छ ।

यदि तपाईं चाहनुहुन्छ भने, सबैभन्दा सुरुमा आफ्नो पेटमा हात राख्नुहोस् । त्यसपछि बिस्तारै हातलाई आफ्नो योनी तर्फ घिसारेर लैजानुहोस् । दोस्रो पटक दुई वटा औंलालाई त्यसरी नै पेटबाट योनीसम्म लैजानुहोस् र बिस्तारै योनीबाट पेटतिर लैजानुहोस् । यस्तो गर्दा जीस्पट कहाँ छ भन्ने थाहा हुन सक्छ ।

धेरै महिलाले आफ्नो जी स्पट नभेटेको महसुस गर्छन् । महिलामा जी स्पट खोज्नको लागि पहिले उत्तेजनामा जानु पर्ने हुन्छ । जी स्पट खोज्नको लागि तपाईं कुनै स्त्री रोग विशेषज्ञ कहाँ जानु भयो भने तपाईंले त्यतिबेला पनि जी स्पट खोज्न सक्नुहुन्न । किनकि त्यो बेलामा तपाईं उत्तेजित हुनुभएको नहुन सक्छ । बरु एक्लै कोठामा बसेर पूरा उत्तेजनामा पुगेको बेलामा भने जी स्पट भेट्न सक्छन् ।

जी स्पटलाई कसरी उत्तेजित पार्ने ?

यो रहस्यमयी ठाउँ खोज्नको लागि सबैभन्दा राम्रो तरिका यो हो कि तपाईं यसलाई उत्तेजित गर्नको लागि आफ्नो साथीको साथ काम गर्नुहोस् । यदि माथि उल्लेख गरिए अनुसार महिलाको जी स्पट कहाँ छ भन्ने पत्ता लागिसकेको छ भन्ने अब मजा लिने समय आयो भन्ने बुझ्दा हुन्छ ।

कतिपय महिलालाई जी स्पटमा उत्तेजना नहुन पनि सक्छ । यस्तो अवस्थामा कतिपय महिलालाई हातले जीस्पटमा छोएको मन नपर्न सक्छ । त्यसैले महिलाको बानीलाई ध्यान दिएर मात्रै यसबारेमा ध्यान दिनुपर्छ । अर्काेतर्फ, जीस्पटलाई औंलाले रगड्नु वा मालिस गर्नुले पनि जी स्पटमा उत्तेजना आउन सक्छ ।

यहाँ केही उपाय उल्लेख गरिएको छ जसले जीस्पटको मालिस एवं उत्तेजना बढाउन सकिन्छ 

–पहिलो, यदि तपाईंले जीस्पटलाई बारम्बार आफ्नो औंलाले दबाउन सक्नुहुन्छ । जस्तो कि तपाईं एक बटमलाई दबाउनु हुन्छ त्यसरी नै यसलाई दबाउन सक्नुहुन्छ । केही महिलाको लागि हल्का दबाब पर्याप्त हुन्छ भने केहीको लागि धेरे दबाब आवश्यक पर्छ ।

–दोस्रोमा आफ्नो माझी औंला र साइली औंलाले यता आउ भन्न इसारा गरे जसरी औंलाले जी स्पटलाई बिस्तारै छुन सकिन्छ ।

सबैभन्दा पहिले आफ्नो जीस्पटमा आफ्नो औंलालाई दरिलो पाराले राख्नुपर्छ । यसलाई आवश्यकता अनुसार दबाब दिन पनि सकिन्छ ।

जीस्पटलाई उत्तेजित पार्नको लागि यौन ढाँचा

यदि तपाईं यौन सम्पर्कको समयमा जीस्पटलाई उत्तेजित बनाउन चाहनुहुन्छ भने त्यसको लागि सही कोण वा यौनको सही ढाँचा तयार पार्नु आवश्यक हुन्छ । त्यसको लागि केही यस्ता यौन ढाँचाहरु छन् जुन ढाँचामा यौन सम्पर्क राख्दा महिला धेरै उत्तेजित हुने गर्छन् ।

काउ गर्ल पोज

आफ्नो साथीलाई उसको पीठको बलमा सुत्न लगाउनु होस् । यसरी सुत्दा गाई उभिएको जस्तो अवस्था हुन्छ । त्यसपछि आफू त्यसमाथि चढ्नुहोस् । यो स्थिति तपाईंको लय, गहिराई र प्रवेशको कोणमा पूर्ण नियन्त्रण गर्ने गर्छ । ताकि तपाईं आफ्नो जी स्पट खोज्नेतर्फ ध्यान दिन सक्नुहुन्छ ।

डगी स्टाइल पोज

यो पोज यौन सम्पर्कको दौरान गहिरो आनन्द प्राप्त गर्ने एउटा शानदार तरिका हो । यसमा आफ्नो जीस्पटलाई हिट गर्नको लागि यसको कोण बदल्नु पर्ने हुन्छ ।

जीस्पट स्थिति

जस्तो कि नामबाटै पनि पत्ता लाग्छ कि यो स्थिति तपाईंको यस्तो साथीको लागि हो, जसले एक झड्कामा नै तपाईंको जी स्पटलाई उत्तेजित पार्ने गर्छ । तपाईं आफ्नो पीठको बलले बस्नुहोस् र आफ्नो साथीलाई दुई खुट्टाको बीचबाट प्रवेश गर्न भन्नुहोस् । यो पनि चरम यौन आनन्द लिनको लागि उपयुक्त पोज हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली