+
+
Shares

म्याद गुज्रिएका सामान भएको गोदाममा प्रहरीको छापा

आर्यन धिमाल आर्यन धिमाल
२०७७ असोज १५ गते १५:२८

१५ असोज, काठमाडौं । दशैंलाई लक्षित गरेर प्रहरीले अखाद्य वस्तु बिक्री हुनसक्ने स्थानमा निगरानी बढाएको छ ।

त्यसक्रममा विशेष सूचना प्राप्त भएपछि खटिएको महानगरीय अपराध महाशाखाको टोलीले कलंकीको लिङ्क रोडमा रहेको एउटा गोदाममा बिहीबार छापा हानेको छ ।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार स्निकर्स, प्रिङ्गल्स, ट्याङ, बोर्न भिटा, ओरियो बिस्कुटलगायतका सामग्री राखिएको गोदाममा सिल गरिएको हो ।

‘म्याद सकिएको सामानलाई नयाँ लेबलिङ गरेर आफैं म्याद थप्ने कार्य गरेको पाइएपछि गोदाम सिल गरिएको हो’, कार्कीले अनलाइनखबरसँग भने, ‘थप कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाएका छौं ।’

गोदाम रौनक गोथराको भएको प्रहरीले जनाएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?