Comments Add Comment

कर्णालीमा एकैदिन थपिए १०५ कोरोना संक्रमित

१५ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप १०५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३८ जना रहेका छन् । जसमा १० जना कर्मचारी, ६ जना विद्यार्थी, तीनजना सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य कन्ट्याक्ट ट्रेसिङ्ग रहेका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।

त्यस्तै जुम्लाका २१ जना, कालीकोटका १३ जना, दैलेखका १० जना, सल्यानका सातजना, मुगुका दुईजना र अन्य प्रदेशका १४ जना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३६५६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार प्रदेशमा थप १०३ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३०४२ पुगेको छ ।

प्रदेशभर हालसम्मा ४९२ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment