+
+

ईश्वर पोखरेलका सम्धी कोइरालाले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १८:१०

१५ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा डा. उपेन्द्र कोइरालाले सपथ लिएका छन् । बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष कोइरालाले सपथ लिएका हुन् ।

बैंक स्रोतका अनुसार अब बस्ने सञ्चालक समिति बैठकले कोइरालालाई अध्यक्ष चयन गर्नेछ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई नियुक्ति दिएको भन्दै सार्वजनिक आलोचना भएपछि उनी बैंकको सञ्चालक समितिको अध्यक्ष चयन भएका छैनन् ।

तर उनले आफूलाई अध्यक्ष चयन नगरे सञ्चालक समिति सदस्य पनि नबस्ने भन्दै घुर्क्याएका बैंक स्रोत बताउँछ । उनले सपथ लिएपछि अब अध्यक्ष बन्ने पक्का भएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?