
त्यसैपनि नेपालीहरुलाई पेटको रोगले बढी साएको छ । ग्याष्ट्रिक लगायतका समस्याबाट धेरैजसो पीडित छन् । यस्तै एक समस्या हो, हयटेल हार्निया ।
अक्सर खानेकुरा खाएको बखत मात्र होइन, अन्य समयमा पनि पेट फुल्ने, ढुस्स हुने समस्या छ भने हयेटल हार्नियाको लक्षण हुनसक्छ । हुन त अपच, एसिडिटीले पनि यस्तो समस्या निम्त्याउँछ । तर, सामान्य अवस्थामा पनि पेट भारी हुने र फुल्ने गर्छ भने त्यो एसिडिटी वा अपच मात्र नहुन सक्छ, हयेटल हार्निया हुनसक्छ ।
सामान्यतया हाम्रो अन्ननली घाटी भएर पेटसम्म पुग्ने गर्छ । यसको बीचमा एउटा सानो भाग हुन्छ जसले छातीलाई पेटको अंगसँग एकअर्काबाट टाढै राखी शरीरको दुई क्षेत्रलाई दुई हिस्सामा विभाजित गर्छ, जसलाई हियेटल भन्ने गरिन्छ । केही परिस्थितिमा हियेटल सामान्य आकार भन्दा केही ठूलो हुने गर्छ । यस्तो अवस्थामा पेटको तल्लो भागमा हुने हियेटलको केही भाग सरेर माथितर आउने गर्छ । यो स्थितिलाई नै चिकित्सकीय भाषामा हियेटल हर्निया भन्ने गरिन्छ ।
हियेटल हर्नियाका लक्षण
–हियेटल हर्निया भएमा खाना खाए लगत्तै खाना माथि माथि आएको महसुस हुने गर्छ ।
–पेट भारी रहनुका साथै पेट भरिएको तथा खाना पेटको माथिल्लो भागमै रहेको महसुस हुने गर्छ ।
– हियेटल हर्निया एसिडिटी बढ्ने गर्छ । कयौ पटक छाती पोल्ने, दुख्ने समेत हुनसक्छ ।
–खाना निल्नमा समस्या हुनु, खाना अड्किनु, सास फुल्नु, अपच तथा वाकवाकी महसुस हुनु पनि हियेटल हर्नियाका लक्षण हुन् ।
वच्ने तरीका
–धेरै चिल्लो, पिरो तथा मसलेदार खानेकुराको सेवन नगर्ने
–खाना खाए लगत्तै नसुुत्ने । अन्यथा खाना पेट नलीबाट अन्न नलीतर्फ गएर समस्या उत्पन्न हुनसक्छ ।
–खाना खाँदा मज्जाले चपाएर खाने । र, थोरै थोरै खाने ताकी आफूले खाएको खाना सजिलै पच्न सकियोस् ।
–वजनलाई नियन्त्रण राख्नुपर्छ । किनकी अतिरिक्त तौलका कारण हियेटल हर्निया भएमा पेटमा भारीपना वा दवाब महसुस हुनसक्दछ ।
–मदिरा, चिया कफी लगायत अत्याधिक तातो कुराको सेवन नगर्ने ।
प्रतिक्रिया 4