तस्वीर सौजन्य : गिता कुँवर (स्थानीय पत्रकार)
१५ कात्तिक, काठमाडौं । अछामको साँफेबगरमा भीषण आगलागी भएको छ । साँझ करिब पौने ९ बजेबाट सुरु भएको आगो केहीबेर अघिमात्रै नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो नियन्त्रणमा आएको जानकारी दिए ।
उनका अनुसार आगलागीबाट ७ वटा टहरा जलेको नष्ट भएका छन् ।
नजिकै रहेको खोलाबाट कुलो बनाएर पानी ल्याइएको र स्थानीयसमेतको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
साँफे हाटबजारमा यसअघि पनि भीषण आगलागी भएर १० वटा पसल जलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4