+
+

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

रासस रासस
२०७७ असोज १६ गते १८:०५
फाइल तस्वीर

१६ असोज, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैंडा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा शुक्रबार मृतावस्थामा गैंडा फेला परेको हो । गैंडा एक/दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए ।

गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको थियो । निकुञ्जमा चालु आर्थिक बर्षमा मात्र चार गैंडाको मृत्यु भैइसकेको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?