+
+
Shares

कोरोना संक्रमणबाट भेरी अस्पतालमा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते १९:३३

१६ असोज, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमामा उपचाररत एकजना कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका-९ बाँके गाउँमा डेरा गरी बस्ने २५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणको आशंकामा गत भदौ ३० गते पीसीआर परीक्षण गरिएकोमा सोही दिन उनमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि संक्रमण पुष्टि भएकै दिन उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार उनलाई प्लाज्मा थेरापी विधि र रेमडेसिभिरको प्रयोग गरी उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार बिहान ११ बजे भेन्टिलेटरमा सारिएको थियो । रोगको प्रकृति अनुसार गरिनु पर्ने सबै प्रकारका उपाय अपनाएर उपचार गरिए पनि शुक्रबार साँझ ४:४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी निदान डाइग्नोष्टिक सेन्टरको लेखा शाखामा कार्यरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?