Comments Add Comment

प्रदेश राजधानी दाङ बनाउने प्रस्तावमा रुपन्देही व्यापार संघको आपत्ति

प्रस्तावको विपक्षमा उभिन सांसदहरुलाई अनुरोध

१७ असोज, बुटवल । रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने निर्णय गरी प्रदेश सभामा प्रस्ताव दर्ता गरेकोप्रति रुपन्देही व्यापार संघले भत्सर्ना गरेको छ ।

संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत भएको उल्लेख छ ।

प्रदेश सरकारले बुटवलमा रहेको अस्थायी राजधानीलाई स्थायी बनाउने प्रक्रिया थाल्नुको सट्टा दाङ लैजाने प्रस्ताव गर्नु यस क्षेत्रलाई अखण्ड राख्न गरेको आन्दोलन र माग विपरीत रहेको उल्लेख गर्दै विज्ञप्तिमा तत्काल सो प्रस्ताव फिर्ता गर्न भनिएको छ ।

रुपन्देहीबाट राजधानी सार्ने निर्णयको विपक्षमा उभिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसद, व्यवसायीक संघसंस्था र सर्वसाधारणलाई संघले अनुरोधसमेत गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि विज्ञप्ति जारी गरी प्रदेश राजधानी बुटवलबाट दाङमा सार्ने निर्णय दुःखद भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment