Comments Add Comment

डा. केसीलाई अक्सिजन सपोर्टमा राखियो

१८ असोज, काठमाडौं । त्रिभूवन विश्वविद्यालय  शिक्षण अस्पतालमा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिएको छ ।

२१ दिनदेखि अनसनरत उनले निरन्तर छाति दुख्नुका साथै सास फेर्न गाह्रो भएको छ । उहाँलाई अक्सिजन सपोर्टमा राखिएको छ’ उनीसँगै रहेकी आवासीय चिकित्सक तोसिमा कार्कीले भनिन्, ‘अन्य औषधि भने उहाँले लिन मान्नु भएको छैन ।’

डाक्टर केसीले यसपटक चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका-६ को बाबिरा मष्ट मन्दिरबाट १९औं अनशन सुरु गरेका हुन् । तर स्वास्थ्यमा समस्या देखिँदा पनि सरकारले वास्था नै नगरेपछि उनी ८औं दिनमा जुम्ला छोडेर ९औं दिनमा काठमाडौं आइपुगेका थिए ।

डा. केसी अनशन बसेको २१  दिन पुगिसक्दा पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन । बरु उपयुक्त समय नभएको भन्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले  अनशन फिर्ता लिन आग्रह गरेका छन् ।

डाक्टर केसीको माग सम्बोधन गरी उनको जीवन रक्षाका लागि काठमाडौंलगायत देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

यसपटक डाक्टर केसीले यसअघि भएको सहमति कार्यान्वयन हुनु पर्ने, दूरदराजमा चिकित्सा शिक्षाा विस्तार गर्नु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएस अध्यापन सुरु गर्नु पर्नेलगायतका माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment