Comments Add Comment

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

१८ असोज, लन्डन । विदेशमा रहेका ९२ प्रतिशत कोरोना भाइरस (कोभिड-१९) संक्रमित नेपाली निको भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म विदेशमा ४२ देशका ३९ हजार ५२८ जना नेपालीमा कोरोना संक्रमण भएकोमा ३५ हजार ९१६ जना संक्रमितहरु कोरोनामुक्त भइसकेका छन् ।

स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार गत साता एकजनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा रहेका एकजना नेपालीको कोरोनाले मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या २६६ पुगेको छ ।

यस्तै, यो गत साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबमा नयाँ संक्रमित भेटिएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्वजनिक स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रहसमेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment