+
+
Shares

५ लाखको कपाली तमसुक बनाएर बलात्कारीलाई उन्मुक्ति

८ जना पञ्च पक्राउ

श्रवण देव श्रवण देव
२०७७ असोज १८ गते २०:५५

१८ असोज, जनकपुरधाम । पाँच लाखको कपाली तमसुक बनाएर १६ वर्षीया किशोरीलाई बलात्कार गर्ने युवकलाई बलात्कारीलाई उन्मुक्ति दिइएको पाइएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बलात्कारीलाई जोगाउन खोज्दा पीडित युवतीले आत्महत्या गरेकी थिइन् । खड्क नगरपालिकामा मेयर, वडाध्यक्ष र प्रहरीले लेनदेन गराई बलात्कार प्रयासको घटनाका दोषीलाई उम्काउने प्रयास गरेका थिए ।

यो घटना भने सिराहाको हो ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुरका २० वर्षीय मुकेश साहले असोज १२ गते एक स्थानीयको घरमा १६ वर्षीया किशोरीको बलात्कार गरेका थिए ।

घटनाबारे थाहा पाएपछि परिवारले प्रहरीमा जानुको साटो पीडित पीडित किशोरीमाथि नै कुटपिट गर्‍यो । त्यसक्रममा उनी घाइते भएपछि स्थानीय स्तरमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगर लगे । विराटनगरबाट फर्किएकी किशोरीका परिवारले घट्नाबिरुद्व प्रहरीमा जाने योजना बनाए ।

तर गाउँका अगुवाले जान दिएनन् । ‘घटना गाउँमै मिलाउनुपर्छ, नभए इज्जत जान्छ’ भन्दै पीडित परिवारलाई रोके । उनीहरुले १६ गते गाउँमै पञ्चायती बोलाए ।

पञ्च नै ऋणी, पञ्च नै धनी

पञ्चायतीमा पञ्चहरुले पीडित परिवारलाई बलात्कारबिरुद्व प्रहरीमा नजान दबाब दिए । र, त्यसको बदला रकम दिने प्रलोभन देखाए । तर तत्कालै पीडक परिवारले रकम नदिने बताएपछि कपाली तमसुक बनाउने निर्णय पञ्चहरुले गरे ।

पञ्चायतीमा सहभागी पञ्च रामगुलाम यादव र लक्ष्मण यादव कपाली तमसुकका धनी बने भने बलात्कारमा संलग्न युवकका आफन्त सिंहेश्वर साह र शत्रुद्यन साह ऋणी बने । धनी रामगुलाम यादव र ऋणी सिंहेश्वर साह तथा धनी लक्षुमण यादव र ऋणी शत्रुधन साह भएर ५ लाख रुपैयाँको दुई वटा तमसुक बनाए ।

पञ्चायतीमै कागज लेखाएर दुबै पक्षले औंठा छाप र हस्ताक्षर गरे भने तयार भएको ५ लाखको दुवै कपाली तमसुक अर्का पञ्च जगवीर यादवको जिम्मा लगाइयो ।

जब प्रहरीले थाहा पायो

१६ गते पञ्चायतीले कपाली तमसुक बनाएर बलात्कारीलाई उन्मुक्ति दिएको सूचना पाएपछि प्रहरीले १७ गते पुग्यो, मुकेशसहित पञ्चायती गर्ने आठ जनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका १ बस्ने ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरवीन्दकुमार साह, ४५ वर्षीय शत्रुद्यन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगवीर यादव, ४८ वर्षीय राजकुमार यादव, ३५ वर्षीय रौदी भनिने श्यामसुन्दर यादव छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?