+
+

तीन करोड ५० लाख नाघे कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १२:०२

१९ असोज, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या तीन करोड ५० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसाचर अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या तीन करोड ५० लाख ७९ हजार १५२ पुगेको छ ।

अमेरिकामा सबैभन्दा धेरै ७४ लाख १७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने भारतमा ६६ लाख २३ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ४९ लाख नाघेको छ भने रुसमा १२ लाख नौ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३६ हजार ११ पुगेको छ । अमेरिकामा सबैभन्दा धेरै दुई लाख नौ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै भारतमा एक लाख दुई हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर दुई करोड ४४ लाखभन्दा धेरै संक्रमित निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?