Comments Add Comment

वीरगञ्जमा ६ लाख मूल्यको म्याद नाघेका समान बरामद

१९ असोज, वीरगञ्ज । वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा भण्डारण गरिराखेको समान म्याद गुज्रेको पाइएको हो ।

आदर्शनगरमा एएसटी प्रालिको ३ वटा ठूलो परिमाणमा म्याद गुज्रेको सामग्री बरामद भएपछि सिल गरेर आइतबार देखि नै अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । वनस्पति घ्यू, नरिवलको धुलो, केक र बेकरी, विस्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंगलगायत सामग्री म्याद नाघेको पाइएको उनले बताइन् ।

उपभोक्ता अधिकारसँग सम्बन्धित विषय भएकोले आवश्यक अनुसन्धान र कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

गोदाममा ५ लाख ९६ हजार ६ सय ६० रुपैयाँको म्याद नाघेका सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । गोदाममा लोटस ४९ कार्टुन, जिएसएम क्लासिक एक्स पी १६ कार्टुन, लिलि स्टार एक्सपी ४ कार्टुन, एसएम म्याजिक एक्सपी २३ कार्टुन, आल्मुनियम पेस्ट २८ ड्रम, क्याल्सियम प्रोपिनेट पाउडर (विस्कुट पाउरोटीमा प्रयोग गरिने) १७ बोरा फेला परेको कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

केक र बेकरीमा प्रयोग गरिने कच्चा पदार्थको म्याद सकिएपछि पूनः नयाँ मिति राखेर बजार पठाइने गरेको आशंका अनुगमन टोलीको छ । तर सञ्चालकले भने कोरोना महामारी रोकथाम र नियन्त्रणक लागि लामो समय लकडाउन र निषेधाज्ञा लगाएका कारण गोदामको माल बिक्री नभएर म्याद सकिएको दावी गरेका छन् । बिक्री गर्ने प्रायोजनका लागि समान नराखिएको उनीहरुको भनाइ छ ।

बेकरी खानेकुरा बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट लगायतका बस्तुहरु गोदाममा भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।

यस्तो धन्दामा संलग्न व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको र घटनाको विस्तृत जानकारी पछि गराइने प्रहरी उपरीक्षक पन्तले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment